बेहुली अनि उ

जब ऊ रुदै आफ्नो जन्म दिने घर छाड्छे
आमा म जादिन भनि कराउछे अनि चिच्यौछे।

उसले हेर्छ अनि मन निराश पार्छ
मन खिन्न बनाउदै टुलु टुलु हेरी रहनछ।

आज ऊ बिहानै उठ्छे हात मुख धोई चुल्हो जलाउछे
चेली बेटी संग कुरा गर्छे अनि खै के कुरा मा खितकी छाडेर हास्छे।

उसले फेरी हेर्छ मन गद गद पार्छ
अनि हिजो को उसको रुवाई सम्झेर मन बिचल्ली मा पार्छ।

ऊ बिहानी भर सोचेर बस्छ अन्योल मा पर्छ
साथि भाइ संग गएर वार्तालाप गर्छ।

रुवाई उसको महत्वपुर्ण हथियार हो एउटा ले व्यंग्य गर्छ
हिज उसले त्यो हथियार मा बेस्क्नी धार लगाएकी हो।

भोलि देखि उसले यसलाई प्रयोगमा ल्याउनेछे
मन मा लागेका आफ्नो स्वार्थ पुरा गर्नेछे।

थप्दै अगाडी बढ्छ, होइन, बेदना मा डुबेकी थि उ
आमा संग को वर्षौ को संगत छाड्नु परेको थियो।

वर्षौ बसेको घर अनि साथि-संगिनी त्याग्नु परेको थियो
नया ठाउ अनि नया घर अपनाउनु परेको थियो।

जब ऊ रुदै आफ्नो जन्म दिने घर छाड्छे
आमा म जादिन भनि कराउछे अनि चिच्यौछे।

12705214_774003096077433_7574830738434770657_n

आमाले न सिखाएको सब्द, डर।

१.
डर भन्ने कुरो खै किन छुदै छुयेन मेरो जिन्दगिलाइ। डरौथे त केवल आफ्नै बाउ सित। बाजे सित त डराइन, जसलाई देख्नासाथ सारा गाउ तर्सिन्थे।  बाजे को चप्पल गालामा न परेको होइन, यिनले माया पनि उतिनै गर्थे।

सायद मेरी आमाले मलाई डर को परिभासा न पढाएको भएर हुन सक्छ।  मन मा जे आयो तेही गरे।  जिन्दगीले जता डोर्यायो उतै लर्के।

:डी, त्यसो भन्न खोजेको होइन कि लाइफ मा डारौदै डराइन।  याद छ मेरो अंग्रेजी को पहिलो प्रिजन्टेसन, दुइ मिनट सबै को अगाडी ठिङ्ग उभेको, हात र खुट्टा ले झन्डै जवाब दिएको। अनि त्यो दिन कहाँ बिर्सन सक्छु जब उसलाई डेढ घण्टा लगाएर प्रोपोज गरेको थिए, सातो गाको थियो उसले गालि गर्छ कि भनेर।

२. …