बेहुली अनि उ

जब ऊ रुदै आफ्नो जन्म दिने घर छाड्छे
आमा म जादिन भनि कराउछे अनि चिच्यौछे।

उसले हेर्छ अनि मन निराश पार्छ
मन खिन्न बनाउदै टुलु टुलु हेरी रहनछ।

आज ऊ बिहानै उठ्छे हात मुख धोई चुल्हो जलाउछे
चेली बेटी संग कुरा गर्छे अनि खै के कुरा मा खितकी छाडेर हास्छे।

उसले फेरी हेर्छ मन गद गद पार्छ
अनि हिजो को उसको रुवाई सम्झेर मन बिचल्ली मा पार्छ।

ऊ बिहानी भर सोचेर बस्छ अन्योल मा पर्छ
साथि भाइ संग गएर वार्तालाप गर्छ।

रुवाई उसको महत्वपुर्ण हथियार हो एउटा ले व्यंग्य गर्छ
हिज उसले त्यो हथियार मा बेस्क्नी धार लगाएकी हो।

भोलि देखि उसले यसलाई प्रयोगमा ल्याउनेछे
मन मा लागेका आफ्नो स्वार्थ पुरा गर्नेछे।

थप्दै अगाडी बढ्छ, होइन, बेदना मा डुबेकी थि उ
आमा संग को वर्षौ को संगत छाड्नु परेको थियो।

वर्षौ बसेको घर अनि साथि-संगिनी त्याग्नु परेको थियो
नया ठाउ अनि नया घर अपनाउनु परेको थियो।

जब ऊ रुदै आफ्नो जन्म दिने घर छाड्छे
आमा म जादिन भनि कराउछे अनि चिच्यौछे।

12705214_774003096077433_7574830738434770657_n

भदौ को भुइचालो।

घर बाट अङ्कल को फोन आयो, के छ उता को स्तिथि भनेर सोधे।  बिस्तारै ठिक हुन्छ भनेर भन्नु भो।  हरेक घर बाट १ मुठी चामल उठाउने अभियान चल्दै छ भनेर थप्नु भो।  मैले नि मेरो अफिस को कर्मचारी हरु बाट केहि रुपैया उठाएको छु भने।  र साथी हरु मिलेर बाटो बाटो मा  चिच्याएर कराएर चन्दा उठायौ मैले थपे।

गत बैशाख मा नेपाल मा गएको भिषण भुइचालो ले गर्नु गरेको थियो।  सिंगो नेपाल शोक मा डुबेकी थीन।  सबै नेपाली को मन मा भय र त्रास देखिन्थ्यो। शायद धेरै पछि नेपाल एक भएको थियो त्यति बेला मैले देखेको।

आज ४ महिना पछि फेरी अर्को भुइचालो आएको छ।  यस ले बिस्तारै जान धन को नास गरिरहेको छ।  फेरी नेपाली जनता मा भय र त्रास देखिन थालेको छ।  तर यस पालि नेपाली जनता एक भएका देखिदैनन।  शायद दाजु भाइ दिदि बहिनि काका काकी मामा माइजु हजुरबा हजुरमा लाइ भुचालो को कारण थाहा नभएको हुन सक्छ।

म फेरी सबै दाजु भाइ दिदि बहिनि काका काकी मामा माइजु हजुरबा हजुरमा लाइ हात जोडेर केहि भन्न चाहन्छु।  आजको लडाई जातिय होइन पहिचान को लडाई हो। हजारौ वर्ष देखि बस्दै आएका हामि तराई नेपाली लाइ आज पहिचान को खाचो छ। यस लाइ जोगाउन हजुरको आवाज को खाचो छ।  कृपया यो द्वन्द को कारण भित्रै देखि बुझिदिनुस ।

जसरि बैशाख को भुइचालो ले हामीलाई एक बनायो त्यसरी नै अहिले को भुइचालो ले हामी लाइ एक बनाओस भनि भगवान लाइ प्रार्थना गर्दछु। अन्त्य मा हजुर लाइ बिन्ति गर्छु हाम्रो पहिचान जोगाउन हाम्रो मद्दत गर्नुस, साथ् दिनुस र भुइचालो का प्रकम्पन हरु बाट हुने छ्यति लाइ रोक्नुस।  यो भुकम्प लाइ महा भुकम्प हुन बाट बचाऔ।

थारु को हुन् ?

म सानै छदा कहिले काही हाम्रो घर मा पहाडी केरा को डोको बोकेर  आउनु हुन्थ्यो, एक जना बाजे।  म हजुरबा लाइ सोध्थे को हुन् इनि भनेर।  हजुरबा ले इनि मेरो मित हुन् भन्थे।  हामि केरा खादै रमौंथ्यो र मित बाजे संग गफ गर्थ्योउ। बाजे ले हामि लाइ नेपाली बोल्न सिकाउनु हुन्थ्यो।  बाजे १ हप्ता पछि फर्किनु हुन्थ्यो, १ बोरा चामल त्यहि डोको मा राखेर।     

अहिले म सोचेर दङ्ग पर्छु।  मित बाजे कोसौ टाढा पहाड बाट डोको बोकेर हाम्रो गाउ पैदल आउनु हुन्थ्यो र पैदल नै चामल बोकेर फर्किनु हुन्थ्यो।  मोटर चल्दैनथ्यो त्यति बेला।   हजुरबा ले भन्नु हुन्छ उहा धेरै गरिब हुनुहुन्छ भनेर। पहाड  मा जिउनु गार्हो छ अरे।  

त्यसैले नै होला धेरै पहाडी हरु चामल लिन तराई झर्थे २० साल पहिले।

हजुरबा ले भन्नु हुन्छ, हाम्रो ४० बिघा जमिन थियो।   नवलपरासी का धेरै गाउ हरु मा थारु हरु जमिन्दार थिए। बिस्तारै पहाडी भाग बाट मानिस हरु तराई वोर्लिए।  थारु हरु ले इन्लाई सरह दिए।  

आज एकजाना पहाडी साथि ले को हुन् थारु र के का लागि आन्दोलन गरिरहेका छन् भनेर सोधे। मेरो कुनै जवाब थिएन।  म उसको अनुहार हेरेर मुस्काए मात्र।